काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनीलाई धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्छ– गणेशप्रसाद तिमिल्सिना

6.22K
shares

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौतम बुद्ध जन्मस्थल लुम्बिनीलाई आकर्षकिय धार्मिक पर्यटनको रुपमा विकास गर्नु पर्ने बताएका छन् । बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश दिदै अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक बिकासका लागि सो पर्यटन महत्वपुर्ण रहनेसमेत जनाएका छन ।

‘लुम्बिनी सिद्धार्थ गौतम बुद्धको जन्मस्थान, बुद्ध धर्म र बुद्ध दर्शनको उद्गम थलो हो, जसले गर्दा नेपालको अन्तार्राष्ट्रिय प्रतिष्ठा तथा ख्याति बढ्दै गएको छ,’ अध्यक्ष तिमिल्सिनाले आफनो शुभकामना सन्देशमा भनेका छन, ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति र अहिंसाको शहरका रुपमा विकास गर्न आवश्यक पूर्वाधार सहितको आकर्षक गन्तव्यको रुपमा निर्माण गरी संसारभरका बुद्धमार्गी तथा पर्यटकलाई आकर्षण गर्न सरकारको ध्यान जान जरुरि छ, यसले नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्दछु ।’

संयुक्त राष्ट्रसंघले बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई मनन गरी सन् १९९९ देखि अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउँदै आएको उल्लेख गर्दैै अध्यक्ष तिमिल्सिनाले सत्य, शान्ति, मानव कल्याण र अहिंसाका प्रणेता सिद्धार्थ गौतम बुद्धलाई मानव जातिले भगवानका रुपमा समेत मान्ने गरेका उल्लेख गरेका छन् ।

‘संसारमा दुःख छ, दुस्खका कारण छन, दुस्ख निवारण गर्न सकिन्छ र दुःख निवारण गर्न सके निर्वाण वा शान्ति प्राप्‍त हुन्छ भन्ने ज्ञानका प्रवर्त्तक गौतम बुद्धको जयन्ती बुद्ध पूर्णिमा वा वैशाख पूणिर्माका दिन विश्वभर मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मृत्यु० वैशाख पूर्णिमाकै दिन परेकोले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मवलम्बीले बुद्धप्रती भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गरेको उनको भनाई छ ।

नेपालको वर्तमान संविधानको उल्लेखित राज्यका निर्देशक सिदान्त तथा नीतिले आत्मसाथ गरेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त धर्मनिरपेक्षताले बुद्ध धर्मप्रतिको सम्मान सहितको राष्ट्रिय एकता प्रवर्धनको आधार तय गरेको उल्लेख गर्दैै अध्यक्ष तिमिल्सिनाले महामानव गौतम बुद्धको जन्मभूमिको रुपमा विश्वको नेपालप्रति हेर्ने दृष्टिकोण र नेपालमा विश्वका पर्यटकको आवागमनका कारण आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा पारेको प्रभाव अमूल्य रहेको जनाएका छन् ।