global ime bank Long Banner Ad

गृहपृष्ठ बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ– सभामुख घिमिरेले

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ– सभामुख घिमिरेले

बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछ– सभामुख घिमिरेले

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने जनाएका छन् । २५६७ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै सभामुख घिमिरेले गौतम बुद्धको जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका बताएका छन् ।

‘शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको छ, ’ सभामुख घिमिरेको शुभकामना सन्देशमा भनिएको छ, ‘जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षाहरू आज पनि त्यत्तिकै सान्दर्भिक रहेका छन् । बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्दछन् ।’ भगवान् बुद्धले देखाउनु भएको पवित्र मार्गको अनुसरणले मानवजातीमा शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास सभामुख घिमिरेले लिएका छन् ।

आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वाससमेत सभामुख घिमिरेले ब्यक्त गरेका छन् । सभामुख घिमिरेले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, राष्ट्रिय एकता, सहकार्य एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित समय : १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु