गृहपृष्ठ बलात्कार आरोपमा दुई जना पक्राउ
बलात्कार आरोपमा दुई जना पक्राउ
बर्दियामा १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । राजापुर नगरपालिका–६, जोगीपुर बस्ने २६ वर्षीय राजाराम थारु र सोही ठाउँ बस्ने २२ वर्षीय शनीराम थारुलाई बालिका बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ती बालिकालाई बुधबार राति बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको टोलीले बिहीबार राति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित समय : १८:०१ बजे



















