global ime bank Long Banner Ad

गृहपृष्ठ पीएसजी छाड्दै मेस्सी

पीएसजी छाड्दै मेस्सी

पीएसजी छाड्दै मेस्सी

अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन छाड्ने निश्चित भएको छ ।

क्लबको अनुमतिबिना साउदी अरेबिया पुगेपछि दुई साताका लागि निलम्बित उनले जारी सिजनको अन्त्यसँगै पीएसजी छाड्ने पक्का भएको चर्चित खेल पत्रकार फाबिरिजो रोमानोले उल्लेख गरेका छन् ।

दुई दिनअघि परिवारसहित साउदी अरेबिया पुगेका उनलाई पीएसजीले बुधबारदेखि दुई साताका लागि निलम्बन गरिसकेको छ।

मेस्सी साउदी अरेबियाका पर्यटन दूत पनि हुन्। उनी दुई वर्षअघि स्पेनिस क्लब बार्सिलोनाबाट पीएसजी गएका थिए। तर उनले त्यहाँ अन्य स्टार खेलाडीहरू किलियन एम्बाप्पे र नेयमारसँग मिलेर पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन्।

लियोले क्लब छाड्न सक्ने संकेत उनका बुवा जोर्गेले एक महिनाअघि नै गरिसकेका थिए।

प्रकाशित समय : ०७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु