global ime bank Long Banner Ad

गृहपृष्ठ नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ आज

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण बिहीबार (आज) हुँदैछ । नेपाली कांग्रेसबाट मन्त्रीमा नियुक्त भएका धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउन लागेका हुन् ।

नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह आज दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार गुरुङलाई कानुन, बस्नेतलाई स्वास्थ्य र लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो नवौंपटक हो । उनले खानेपानी र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्दै आएका छन् ।

प्रकाशित समय : ०८:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु