गृहपृष्ठ रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउँदै
रास्वपाले सबै सांसदलाई केन्द्रीय सदस्य बनाउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ । उक्त प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकमा महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले पेश गरेका थिए ।
यद्यपि यसबारे कुनै निर्णय भइसकेको छैन । रास्वपामा अहिले ३९ जना केन्द्रीय सदस्य छन् । मंसिर ४ र वैशाख १० मा निर्वाचितसहित सांसदहरु २१ जनाछन् ।
केन्द्रीय सदस्यहरुमध्ये सभापति, उपसभापतिसहित ६ जना मात्रै अहिले सांसद छन् ।
सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम, सुमना श्रेष्ठ, गणेश पराजुली र विन्धवासिनी कंशाकार केन्द्रीय सदस्य हुन् ।
सांसदमध्ये एकजना इन्दिरा राना उपसभामुख छिन् ।
बाँकी १४ जना नेताहरुलाई पनि केन्द्रीय सदस्य बनाउने प्रक्रिया अघि बढेको छ ।
वैशाख १० मा तनुहँ क्षेत्र नम्बर १ बाट निर्वाचित अर्थविद् डा. स्वर्णिम वाग्ले कांग्रेसमै लामो समय काम गरेका नेता हुन् । यस्तै मनीष झा, विराजभक्त श्रेष्ठ, सन्तोष परियाार, हरि ढकाल, शिशिर खनाल पनि चर्चित नेता हुन् ।
उनीहरुलाई केन्द्रीय सदस्य बनाउन पार्टीभित्रै दबाब छ । योगयता र क्षमता भएकाहरुलाई अवसर दिनुपर्ने कुरा पार्टीमा उठेको छ । यस्तै स्वास्थ्य राज्यमन्त्री भइसकेकी डा. तोसिमा कार्की पनि केन्द्रीय सदस्य बन्नेछन् । त्यसबाहेक डा चन्दा कार्की, निशा डागी, अशोककुमार चौधरी, असिम शाह, विनिता कठायत, लक्ष्मी तिवारी र शिव नेपाली पनि सांसद छन् । उनीहरु पनि केन्द्रीय सदस्य बन्नेछन् ।
प्रकाशित समय : ०७:१६ बजे



















