nmb bank

गृहपृष्ठ टीआरसी विधेयक अघि बढाउन संसदले विशेष समिति बनाउने

टीआरसी विधेयक अघि बढाउन संसदले विशेष समिति बनाउने

टीआरसी विधेयक अघि बढाउन संसदले विशेष समिति बनाउने

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढाउन संसदीय विशेष समिति गठन गरिने भएको छ ।

प्रतिनिधिसभाले बुधबार संसदीय विशेष समिति गठन गर्न लागेको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् । जहाँ विशेष समिति गठन गर्ने उल्लेख छ।

सम्भावित कार्यसूची अनुसार नेपाली कंग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले विशेष समिति गठन गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उनले विशेष समितिमा रहने सांसदहरुको नाम नै प्रस्ताव गर्नेछिन् । त्यसमा नेकपा एमालेका सांसद रघुजी पन्तले समर्थन जनाउने सम्भावित कार्यसूची छ ।

विशेष समितिमा रहने सांसदहरु भने तय हुन बाँकी छ । बुधबार बिहान छलफल गरेर समितिमा रहने सांसदहरुको टुंगो लगाउने दलहरुको तयारी छ । प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित समय : ०७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु