global ime bank Long Banner Ad

गृहपृष्ठ लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आह्वान

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले दलहरुलाई आव्हान गरेका छन् ।

विश्वासको मत नपाएको नेकपा एमालेले र नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धन दुबैले सरकारमा दावी गरेपछि प्रदेश प्रमुखले कानुनी परामर्शपछि निर्णय दिने बताएका थिए ।

महान्यायाधिवक्ताको परामर्शका आधारमा प्रदेश प्रमुख शेरचनले वैशाख १४ गते ४ बजेसम्म २ वा दुई भन्दा बढी दलको बहुमत जुटाएर सरकार बनाउन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव प्रल्हाद पोखरेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

यसअघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले कांग्रेस नेता डिल्ली चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन पेश गरिसकेका छन् ।

नेकपा एमालेले मुख्यमन्त्रीले राजनीनामा नदिएकाले ठूलो दलको हैसियतमा १६८ (३) अनुसार सरकार गठन हुनुपर्ने जिकिर गर्दै आएको थियो ।

प्रकाशित समय : ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु