nmb bank

गृहपृष्ठ गण्डकीमा नेतृत्व विवाद, पहिला काँग्रेस कि माओवादी ?

गण्डकीमा नेतृत्व विवाद, पहिला काँग्रेस कि माओवादी ?

गण्डकीमा नेतृत्व विवाद, पहिला काँग्रेस कि माओवादी ?

गण्डकी प्रदेशको नेतृत्व पहिला कसले गर्ने भन्नेमा कांग्रेस र माओवादी केन्द्रबीच विवाद भएको छ । यसअघि कांग्रेस र माओवादीले आलोपालो नेतृत्व गर्ने सहमति भए पनि पहिलोपटक नेतृत्व कसले गर्ने भन्ने प्रतिस्पर्धा थियो ।

तनहुँ–१ को उपनिर्वाचनमा गठबन्धनबाट आफ्नो उम्मेदवार उठाएकाले कांग्रेसले प्रदेशमा पहिलो नेतृत्व माओवादीलाई दिने अनौपचारिक सहमति गरेको थियो ।

तर, पहिला माओवादीलाई नेतृत्व दिन नहुने भन्दै केही कांग्रेस सांसद सोमबार पार्टी केन्द्रीय कार्यालयमा डेलिगेशन गएपछि विवाद बढेको हो । असन्तुष्ट माओवादी नेता पनि मंगलबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न काठमाडौं पुगेका छन् ।

माओवादी संसदीय दलका नेता एवं पूर्वमन्त्री हरिबहादुर चुमानले सहमति उल्टिएपछि अध्यक्ष भेट्न काठमाडौं आएको बताए । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे भने आफू मुख्यमन्त्री बन्ने भएपछि मंगलबार हिउँसो पोखरा फर्किएका छन् ।

प्रकाशित समय : ०६:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु