global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रसंघमा रुसको व्यापक आलोचना

राष्ट्रसंघमा रुसको व्यापक आलोचना

राष्ट्रसंघमा रुसको व्यापक आलोचना

युक्रेनलाई लिएर राष्ट्रसंघमा रुसको व्यापक आलोचना भएको छ । सोमबार भएको सुरक्षा परिषद्को एउटा बैठकमा महासचिव एन्टोनियो गुटरेस र पश्चिमा राष्ट्रहरूले रुसलाई गाली गरेका हुन् ।

मस्कोले युक्रेनमा आक्रमणका साथै उसको भूमि कब्जा गरेर राष्ट्रसंघको बडापत्र उल्लंघन गरेको आरोप पनि उनीहरूले लगाए । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले आफ्नो देशले गरेको सैन्य कारबाहीको प्रतिरक्षा गर्दै संयुक्त राज्य अमेरिका तथा उसका सहयोगीहरूले तेस्रो विश्वयुद्ध हुन नदिन स्थापना गरिएको संयुक्त राष्ट्रसंघको जग र विश्वव्यापी कूटनीतिलाई कमजोर बनाएको आरोप लगाए ।

महासचिव गुटरेसले विश्वस्वास्थ्य संस्थाका एक सय ९३ सदस्य मुलुकबीचको सहकार्यमा जोड दिँदै दोस्रो विश्वयुद्धको विभिषिकाका बीच स्थापना भएको संयुक्त राष्ट्रसंघ सदस्य देशबीच सहकार्य एवं हार्दिकता नहुँदा स्थापनाकालदेखि नै ठूलो तनावमा रहेको बताए ।

ठूला शक्तिराष्ट्रबीचको तनाव बढ्दा विश्व दुर्घटनातर्फ उन्मुख भएको, त्यसले द्वन्द्वको जोखिम बढाएको महासचिवको कथन थियो । युक्रेन युद्धतर्फ संकेत गर्दै उनले विश्व संस्था नै तनावमा रहेको बताएका हुन् ।

बैठकमा महासचिव गुटरेस, अमेरिका, बेलायत, फ्रान्स र उनीहरूका सहयोगी देशका राजदूतहरूले सबै राष्ट्रलाई सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता, र प्रत्येक राष्ट्रको राजनीतिक स्वतन्त्रलाई समर्थन गर्न आवश्यक भएको बताउँदै राष्ट्रसंघको बडापत्रका अन्तरनिहित सिद्धान्तलाई औंल्याएका थिए ।

प्रकाशित समय : १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु