global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ एनआइसी एसिया लघुवित्तको नगद लाभांश प्रस्ताव पारित

एनआइसी एसिया लघुवित्तको नगद लाभांश प्रस्ताव पारित

एनआइसी एसिया लघुवित्तको नगद लाभांश प्रस्ताव पारित

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा आइतबार धरानमा सम्पन्न भएकाे छ ।

साधारण सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (असार मसान्त २०७९ को वासलात, आव २०७८/७९ नाफा नोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

यसाक साथै संस्थाको सेयरधनीहरुलाई चुक्ता पुँजीको १४.७५ प्रतिशतका दरले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

वित्तीय संस्थाले मुलुकभर ७४ जिल्लामा २८७ शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । चालू आव २०७९/८० को दोस्रो त्रैमासिकको अन्त्यसम्म वित्तीय संस्थाले कुल २ लाख ३ हजार ८६२ विपन्न परिवारमा लघुवित्तले सेवा प्रदान गरेको छ ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु