global ime bank Long Banner Ad

गृहपृष्ठ नेपालद्वारा ओमानलाई कीर्तिमानी लक्ष्य

नेपालद्वारा ओमानलाई कीर्तिमानी लक्ष्य

नेपालद्वारा ओमानलाई कीर्तिमानी लक्ष्य

नेपालले ओमानलाई एकदिवसीय अन्तर्राष्ट्रिय इतिहासकै सर्वाधिक उच्च स्कोरको लक्ष्य दिएको छ । कुशल मल्लको शतकीय इनिङ र सोमपाल कामीको ६३ रनको अविजित इनिङमा साे याेगफल सम्भव भएकाे हाे ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालले पहिलो पटक ३ सय रनको आँकडा पूरा गरेको हो । यसअघि नेपालले गत मार्चमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल मल्लले सानदार शतकीय इनिङ खेलेपछि खराब सुरुवातका बाबजुत नेपालले कीर्तिमानी स्कोर तयार गरेको हो ।

अलराउन्डर कुशल मल्लले करिअरको पहिलो शतक प्रहार गर्ने क्रममा ओमानविरुद्ध ५९ बलमा नै शतक प्रहार गरेका थिए । उनले ६४ बलमा ९ चौका र १० छक्काको सहयोगमा १०८ रन बनाएर आउट भएका थिए । उनी नेपालका लागि सर्वाधिक कम बलमा शतक प्रहार गर्ने खेलाडीसमेत बने ।

मल्लले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा छैटौं शतक पूरा गरे। उनीअघि नेपालका लागि पारस खड्का, रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरीले शतक प्रहार गरेका छन् । उनीबाहेक सोमपाल कामीले सानदार अर्धशतक बनाउन सफल भए । कामी ४८ बलमा ९ चौकाको सहयोगमा ६३ रन बनाएर अविजित रहे । उनलाई करण केसीले २९ रनमा साथ दिए । यी दुईबीच नवौं विकेटका लागि ६१ रनको अविजित साझेदारी भएको हो ।

त्यस्तै, नेपालका लागि भीम सार्कीले ५६ बलमा ३३ रन बनाउँदा आरिफ शेखले ४३ बलमा २९ रन बनाएका थिए । थप दोहोरो स्कोरका रूपमा कप्तान रोहित पौडेलले २३ रन बनाउँदा करण केसी २९ रनमा अविजित रहे ।

त्यसअघि खराब सुरुवात गरेको नेपाल खाता नखोल्दै दुई विकेट गुमाउन पुगेको थियो । ओपनरहरू कुशल भुर्तेल र आसिफ शेख शून्य रनमा आउट भएका थिए । नेपालले पाचौं ओभरमा मात्र पहिलो रन जोड्न सफल भएको थियो । ओमानका लागि आयान खानले २ विकेट लिँदा विलाल खान, कलेमुल्लाह, जेसन मसुद, फायद बट, अकिब इलियस र जितिन्द्र सिंहले समान १-१ विकेट लिएका थिए ।

प्रकाशित समय : १३:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु