global ime bank Long Banner Ad

गृहपृष्ठ पुष्पा–२ को हिन्दी भर्सन २७५ करोडमा बिक्री

पुष्पा–२ को हिन्दी भर्सन २७५ करोडमा बिक्री

पुष्पा–२ को हिन्दी भर्सन २७५ करोडमा बिक्री

फिल्म ‘पुष्पा’ –२ को सफलता देख्दा जोकोही चकित परेका थिए । कमाईको मामलामा यो फिल्मले सबै रेकर्ड तोडिदिएको थियो । अहिले यसका निर्माताले ‘पुष्पा’को सिक्वेल ‘पुष्पाः द रुल’ निर्माण गरिसकेका छन् । फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ ।

फिल्मको टीजर र ट्रेलर रिलिज अघि नै फिल्मले २ सय ७५ करोड रुपैंयाँ कमाईसकेको छ । फिल्मको हिन्दी भर्सनलाई निर्माताले २ सय करोडमा बेचेका छन् । त्यस्तै उनीहरुले फिल्मको अडियो राइट्स पनि ७५ करोडमा बेचेका छन् । निर्माताले अल्लू अर्जुनको प्रमुख भूमिकामा अभिनय रहने फिल्मले यसपटक २ हजार करोडको व्यापार गर्ने दाबी गरेका छन् ।

रश्मिका मन्दानाको समेत अभिनय रहेको फिल्म सन् २०२४ को अप्रिलमा रिलिज हुने तयारीमा छ । हालैमात्र अल्लूको जन्मदिनको केही मिनेटमै फिलमको भिडियो रिलिज गरिएको थियो । भिडियोमा अल्लुको लुक्सलाई देखेर उनका फ्यानहरु उत्साहित देखिएका थिए । फिल्मको सार्वजनिक नयाँ पोस्टरमा अल्लूको लुक्सबाट फ्यान मोहित भएका थिए ।

प्रकाशित समय : १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु