गृहपृष्ठ थप १०८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८६ पुग्यो
थप १०८ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या ३८६ पुग्यो
पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४५० नमूनामध्ये ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३८६ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २१ जना, आइसीयूमा ७ र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।
संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।
प्रकाशित समय : १७:२५ बजे




















