गृहपृष्ठ वाग्मती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षरोपण
वाग्मती सफाइ अभियान ६९३औँ हप्ताः नदी किनारमा वृक्षरोपण
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियानको ६९३औँ हप्ताको सफाइका क्रममा आज विभिन्न जातका ५० वटा बिरुवा रोपिएको छ ।
वर्षाको कारण नदीभित्र जमेको फोहर निकाल्न नसकिने अवस्था भएपछि नदी किनारमा विभिन्न जातका ५० वटा बिरुवा रोपण गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए । नदी क्षेत्रको स्वच्छतालाई दीर्घकालीन रूपमा सहयोग पुग्ने गरी पाँच फिटभन्दा अग्ला बिरुवा रोपिएको हो ।
आज तिलगङ्गा आँखा अस्पताल अगाडि वाग्मती नदी किनारमा रोटरी क्लब अफ काठमाडौँ हेरिटेजको नेतृत्वमा वृक्षरोपण गरिएको हो । वृक्षरोपणसँगै यस क्षेत्रमा सफाइ पनि गरिएको पनि उनले बताए । विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक शनिबार नियमित रूपमा सञ्चालन हुँदै आएको छ ।
महाअभियानबाट प्रभावित भएर वाग्मतीका अन्य सहायक नदीहरूमा पनि सफाइ सुरु भएको छ । चक्रपथका विभिन्न खण्डका, राजधानीका सम्पदा क्षेत्रका साथै उपत्यका बाहिरका मुख्यमुख्य नदी, सहर र सम्पदा क्षेत्रमा पनि सफाइ अभियान सुरु भएको छ । राजधानी र राजधानी बाहिर गरेर हाल १०८ भन्दा बढी स्थानमा सफाइ अभियान सुरु भएको सफाइ महाअभियानले जनाएको छ ।
प्रकाशित समय : १६:५० बजे


















