गृहपृष्ठ सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा याेजना, ७ वर्षसम्म ब्याज स्थिर
सिद्धार्थ बैंकले ल्यायो विशेष घर कर्जा याेजना, ७ वर्षसम्म ब्याज स्थिर
सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । बैंकले घर खरिद, निमार्ण र पुनर्निर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो ।
बैंकका अनुसार यसरी प्रदान गरिएको कर्जाको ब्याजदर पहिलो ७ वर्षसम्मका लागि स्थिर रहनेछ । यो योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ । यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।
बैंकले विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमका कर्जा योजनाहरु ल्याउँदै आएको छ ।
प्रकाशित समय : १९:३५ बजे

















