गृहपृष्ठ ‘रियलमी सी-५५’ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

‘रियलमी सी-५५’ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

‘रियलमी सी-५५’ नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

स्मार्टफोन ब्रान्ड रियलमीको सी सिरिजको लेटेस्ट् मोडल सी-५५ नेपाली बजारमा उपलब्ध भएको छ ।

६४ एमपीको क्यामरा र ३३ वाटको फास्ट चार्जिङसहितको सी-५५ नेपाली बजारमा आएको हो । ‘यो सेग्मेन्ट र यो मूल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रूपमा नयाँ बेन्चमार्क खडा गर्ने विश्वास छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त सी-५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने उपभोक्ताको रोजाइमा पर्ने कम्पनीकाे दाबी छ ।

रियलमी नेपालका कन्ट्रीहेड मुनिश गिरीले रियलमी सदैव आफ्ना उपभोक्ताका लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोन बनाउन प्रतिवद्ध रहेको दाबी गरेका छन् । प्रतिवद्धताअनुसार नै आफूहरूले नयाँ सी सिरिजका स्मार्टफोनहरूमा ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड गरेको उनको भनाइ छ ।

‘हामीले हाम्रा उपभोक्ताहरूको लागि क्यामेरा, स्टोरज, चार्जिङ र डिजाइन । यी चारवटा मुख्य फिचरहरूमा व्यापक अपग्रेड गरेर सी सिरिजका फोनहरू बजारमा ल्याएका छौं,’ उनले भने, ‘यी सिरिजका फोनहरूको पर्फर्मेन्स पावरफुल त छँदैछ । यसको मूल्य पनि यसरी राखेका छौं कि यस्तो फिचर र यस्स्तो पर्फर्मेन्स भएको फोन अहिलेको नेपाली बजारमा यो मूल्यमा उपलब्ध नै छैन ।’

यस स्मार्टफोनमा ६४ एमपीको एआइ क्यामरा र ८ एमपीको सेल्फी क्यामरा रहेको छ । ३३ वाटको चार्जिङ र ५ हजार एमएएचकाे शक्तिशाली ब्याट्री रहेको छ । ९० हर्जको फुल एचडी प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरूमै सबैभन्दा पहिलो मिनी क्याप्सुल स्मार्टफोन रहेको कम्पनीको दाबी छ। यसको मोटाइ ७.८९ एमएम रहेको र यो मूल्यका अरु फोनहरूमध्ये सबैभन्दा स्लिम रहेको कम्पनीको भनाइ छ ।

यसमा ८ जीबीको र्‍याम र १६ जीबीको डाइनामिक र्‍याम रहेको छ । जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरूबिना कुनै ल्याग चलाउन सकिने कम्पनीको भनाइ छ । सी सिरिजको यो पहिलो मोडल रहेको र यो फोन सनसावर र रेनी नाइट गरी दुईवटा रंगमा उपलब्ध छ ।

कम्पनीकाअनुसार ६ जीबी प्लस ६४ जीबी स्टोरेज भएको सेटको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भएको सेटको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु