काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने छु –गृहमन्त्री श्रेष्ठ

6.34K
shares

सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताएका हुन् ।

उनले सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताएका छन् । सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’

उनले गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि उद्घोष गरेका छन् । उनले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् । प्रहरीले अब गरिब, दलित, पिछडिएको, शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने पनि बताएका छन् ।