काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यी स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

6.09K
shares

आज देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वामानुमान छ । यसका साथै सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङसहित केहीबेर पानी पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले भनेकाे छ, ‘देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने छ ।’ सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

रातकाे समयमा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहने महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति मेघ गर्जन/चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।