काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘ए’ डिभिजन लिग : आज नवाैं चरणका तीन खेल हुँदै

5.8K
shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज नवौं चरणका तीन खेल सुरु हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम एनआरटीबीच दिउँसाे २ बजे प्रतिस्पर्धा हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ । मछिन्द्र ८ खेलमा १२ अंक जोडेर आठौं र एनआरटी ६ अंक जोडेर १२औं स्थानमा छ ।

दशरथ रंगशालामै साँझ ५:४५ बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ । खुमलटार भने तेस्रो जित निकाल्न चाहन्छ । खुमलटार ७ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

त्यस्तै च्यासल मैदानमा दिउँसाे २ बजे मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच खेल हुनेछ । मनाङ र जावलाखेलबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ आज पाँचौं जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । मनाङ १५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । १४ अंक जोडेकाे जावलाखेल चौंथो स्थानमा छ ।