काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

7.96K
shares

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।

सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे । विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल तथा देशभरी तीनसय वटाभन्दा बढी शाखा कार्यालय र थुप्रै एक्स्टेन्सन काउन्टरमार्फत बैंकिङ सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपीएस, इन्टरनेट बैंकिङ आदि सेवासमेत प्रदान गर्दै आएको कम्पनीले जनाएकाे छ ।

यसका साथै, कृषि विकास बैंकबिचको सम्झौतापश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहबाट बैंकिङ च्यानलमार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैंकको शाखा कार्यलयमार्फत सरल तरिकाबाट प्राप्त गर्न सकिनेछ ।

यसका साथै कृषि बिकास बैंकसँगैको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेशनलले अब देशभर १२ हजारभन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सकिने कम्पनीले जनाएकाे छ ।

डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैंक तथा वित्तीय संस्थाबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढीकरणमा समेत टेवा पुग्ने कम्पनीले जनाएकाे छ ।

विदेशबाट पठाएको रकम बैंकिङ च्यानलमार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउनसमेत टेवा पुर्‍याउने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव बहादुर थापाले बताए ।