काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

थप १०६ जनामा कोरोना संक्रमण, ४३५ पुग्यो संक्रमितको संख्या

6.83K
shares

नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ४८८ जनाको नमुना परीक्षण गरिएकोमध्ये ५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यसमध्ये ६४ जनामा पीसीआर र ४२ जनामा एन्टिजेन गरी १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ ।

संस्थागत आइसाेलेसनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।