सन नेपाल लाइफ इन्स्योरेन्सको दुई वर्षको वार्षिक प्रतिवेदन पारित
वि.सं.२०७९ चैत ३० बिहीवार १६:३२
shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आव २०७७/७८ र २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनहरु, लेखा परीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ र २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायत वित्तीय विवरणका प्रतिवेदनहरु पारित गरिएको छ ।
उक्त साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक केपीआर एशोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित भएको छ । यसका अतिरिक्त सभाबाट कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न प्रबन्ध पत्र तथा नियमावली संसोधन प्रस्तावसमेत पारित भएको कम्पनीले जनाएकाे छ ।

























