चर्च ब्वाइजको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त
वि.सं.२०७९ चैत २९ बुधवार १४:५३
shares

चर्च ब्वाइज युनाइटेड क्लबकाे मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् ।
बुधबार क्लबले महर्जनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । महर्जनलाई यस सिजनको ‘ए’ डिभिजन लिगका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको चर्च ब्वाइजले जनाएको छ । यसअघि मुख्य प्रशिक्षक प्रदीप हुमागाईंले श्रम स्वीकृतिको कारण देखाउँदै राजीनामा दिएका थिए ।
त्यसपछि चर्च ब्वाइज प्रशिक्षकविहीन थियो । चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ ।

























