काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

संसदमा उठ्यो किमाथांका नाकाको विषय

7.6K
shares

नेपाल-चीन जोड्ने संखुवासभाको किमाथांका नाका खोल्नका लागि सरकारले पहल गर्नुपर्ने विषय संसदमा उठेको छ ।

सांसद दीपक खड्काले उक्त नाका खोल्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । ‘किमाथांका नाका बन्द छ । आवतजावत पनि ठप्प छ । नेपाल सरकारले तत्कालै चीन सरकारसँग वार्ता गरेर यो नाका खुलाउनका लागि म आग्रह गर्छु,’ सांसद खड्काले भने ।

यसका साथै संखुवासभा सदरमुकामबाट भोटखोला गाउँपालिका जोड्ने बाटो वर्षायाममा ठप्प हुने भएकाले खाद्यान्न ढुवानीमा समस्या हुने गरेको विषय पनि उनले संसदमा उठाए । ‘वर्षायाममा भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानी नहुँदा र भण्डारणसमेत नुहँदा त्यहाँ साढे छ हजारभन्दा बढी जनसंख्या भोकमरीमा पर्ने अवस्था छ । यो समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यान आकर्षण गर्न चाहन्छु,’ सांसद खड्काले भने ।

न्युज काराेबारसँग कुरा गर्दै पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्रीसमेत रहेका सांसद खड्काले किमाथांका नाका खुलाउने विषयमा आफू सक्दाे लागिपरेकाे बताए । उनले भने, ‘सम्बन्धित मन्त्री र प्रधानमन्त्रीसँग समेत भेटेर यस विषयमा कुरा गर्नेछु । समस्याबारे म गम्भीर छु । समाधानका लागि लागिपरेकाे छु ।’

यसअघि किमाथांका नाका खुलाउन माग गर्दै गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्रसमेत बुझाइएकाे छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथांका नाका खुलाउन माग गर्दै ज्ञापन पत्र बुझाइएकाे भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छोदार भोटले जानकारी दिए । लामो समयदेखि किमाथांका नाका बन्द रहँदा उत्तरी क्षेत्र भाटखोलावासीले कष्टकर जीवन बिताउँदै आउनुपरेको गाउँपालिका अध्यक्ष भोटले बताएका छन् ।

‘प्रधानमन्त्री दाहाललाई भेटी जतिसक्दा चाँडो किमाथांका नाका खोल्न पहल गरिदिन आग्रह गरेका छाैं,’ अध्यक्ष भाेटेले भने । नाका खुलाउन प्रधानमन्त्री दाहालले आश्वासन दिएको उनको भनाइ छ ।