global ime bank Long Banner Ad

गृहपृष्ठ वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल गरेर अघि बढ्ने योजनामा छु : अर्थमन्त्री

वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल गरेर अघि बढ्ने योजनामा छु : अर्थमन्त्री

वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल गरेर अघि बढ्ने योजनामा छु : अर्थमन्त्री

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको वर्तमान अर्थतन्त्रलाई थप गतिशील तुल्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै वित्तीय नीति र मौद्रिक नीतिबीच तालमेल कायम गरेर अघि बढ्ने योजनामा आफू रहेको बताएका छन् ।

नेपाल-जर्मन उद्योग वाणिज्य संघकाे २९औं वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै अर्थमन्त्रीले अर्थतन्त्रलाई थप शिथिल हुनबाट जोगाउन वर्तमान सरकार लागिपरेको बताए । आर्थिक क्षेत्रमा सकारात्मक वातावरण सृजना गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै उनले निजी क्षेत्रसँगको सहकार्यमा त्यस्तो वातावरण बनाउन सकिने विचार व्यक्त गरे ।

मौद्रिक नीति र वित्तीय नीतिबीच सामञ्जस्य कायम गर्दै अहिलेका आर्थिक समस्या समाधानका निम्ति केन्द्रीय बैंकसँग मिलेर काम गर्ने जानकारी दिँदै अर्थमन्त्रीले व्यावसायिक क्षेत्रले ब्याजका कारण भोग्नुपरेका कठिनाइ अन्त्य गर्ने प्रयासमा आफू क्रियाशील रहेको बताए । आगामी आर्थिक वर्षको बजेट निर्माणमा आफू जुटेकाले बुँदागत रूपमा अर्थ मन्त्रालयलाई सुझाव दिन निजी क्षेत्रसँग अर्थमन्त्रीले आग्रह गरे । त्यस अवसरमा उनले अघिल्लो आर्थिक वर्षमा सर्वाधिक निर्यात गरेका संघमा आवद्ध व्यावसायिक प्रष्ठिानलाई कदरपत्र पनि प्रदान गरे ।

साधारणसभाको सफलताको कामना गर्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने सरकारको दृष्टिकोण परिवर्तन हुनुपर्नेमा जोड दिँदै निर्यात प्रवद्र्धनमा निजी क्षेत्रलाई सरकारी सहयोग अपरिहार्य भएको बताए ।

प्रकाशित समय : २१:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु