गृहपृष्ठ सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
सहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुँदै
आज सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत दुई खेल हुँदैछन् । लिग अन्तर्गत आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । च्यासल मैदानमा मनाङ मर्स्याङदी क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको छैटौं चरणको अन्तिम खेल अन्तर्गत रहेको मनाङ र फ्रेन्ड्सबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । मनाङ ५ खेलमा ११ अंक जोडेर चौंथो स्थानमा रहेको छ । फ्रेन्ड्स ४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यस्तै एन्फा कम्प्लेक्समा एफसी खुमलटार र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।लिगको सातौं चरण अन्तर्गत रहेको दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।खुमलटार ६ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ । जावलाखेल ६ खेलमा १३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित समय : ०७:०७ बजे

















