गृहपृष्ठ नेपालमा बजाजको २५ वर्ष : ८ लाख मोटरसाइकल बिक्री, ५० प्रतिशत बजार हिस्सा
नेपालमा बजाजको २५ वर्ष : ८ लाख मोटरसाइकल बिक्री, ५० प्रतिशत बजार हिस्सा
बजाज मोटरसाइकलको अधिकृत बिक्रेता हंशराज हुलासचन्द्र कम्पनी (एचएच) २५औं वर्षमा प्रवेश गरेको छ । दुईपांग्रे सवारीका क्षेत्रमा एउटा ठूलो फड्को मार्न सफल भएको एचएच बजाज नेपालमा एक लोकप्रिय कम्पनीको रूपमा परिचित हुन सफल भएकाे छ ।
बजाज बिक्रेताको रूपमा काम गर्दै आएको गोल्छा अर्गनाइजेशन अन्तर्गतको हशंराज हुलासचन्द्र कम्पनीले नेपालमा मोटरसाइकलको ५० प्रतिशत हिस्सा ओगटेको दाबी गरेकाे छ । २४ वर्षको अनुभवलाई लिएर अगाडी बढेको एचएच बजाज नेपाली बजारमा एउटा ठूलो कम्पनीको रूपमा स्थापित हुन सफल भएको कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले बताए ।
सन् १९९८ मा बजाजको बाइक नेपाल भित्रिएको थियो । बजाजले २५ वर्षको अवधिमा नेपाली बजारमा मात्र ८ लाख युनिट बाइक बिक्री गरेको गोल्छाले बताए । बजाजको पल्सर सिरिजमा राइडरहरुको उच्च आकर्षण रहेको देखिन्छ । सोही सिरिजका ११ वटा मोडेल नेपाली बजारमा बिक्री हुँदै आएको उनी बताउँछन् ।
नेपालमा बजाजकाे डिस्कभर, प्लाटीना, एभेन्जर, पल्सर र डोमिनार सिरिज बिक्री भइरहेको छ । ‘हामी १९९८ देखि २०२३ सम्म आकोनिक मोडलहरूमा डिपेन्डेन छौं, हाम्रो नेटर्वक हाम्रो नेपालको जुन सुकै ठाउँमा छ, जसले गर्दा बाइकको खरिदमा ग्राहकलाइ निकै सहज छ, नेपाली बाटोमा सुहाउँदो बाइक भएको कारणले हाेला आजको दिनमा सडकभरी बजाजका बाइक देख्न सकिन्छ ’, उनले भने ।
बजाजले नेपालका सम्पूर्ण ग्राहकहरुसम्म आफ्नो पहुँच विस्तार गर्न तिव्र रुपमा नेटवर्कको विस्तार गरिरहेको छ र सोही क्रममा बजाजले देशभरीका सबै सहरहरुमा आफ्नो नेटवर्कमार्फत उपस्थिति जनाइसकेको छ । गोल्छाका अनुसार देशभर ३ सय भन्दा बढी वकसर्प छन् । बिक्रीमा मात्र नभई बिक्री पछिका सेवामा पनि बजाज उत्तिकै फोकस रहेकाे गोल्छाले बताए ।

बजाजको एसेम्बल्ड प्लान्टबाट अहिले १ सय ८० भन्दा बढी इन्जिनियरले रोजगारी पाएको पनि गोल्छाले जानकारी दिए । ‘आगामी वर्षहरूमा बजाज नेपालले नयाँ नयाँ मोडलहरू लन्च गर्ने छ, आफ्नो वितरण सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएका छौं, बजाज नेपाल यस उद्योगमा आफ्नो सफलतालाई निरन्तरता दिन र आगामी वर्षहरूमा पनि आफ्नो नेतृत्वको स्थिति कायम राख्ने छ, नयाँ ग्राहकहरु थपिँदै जाने र हाम्रो यो यात्रा ५० वर्षसम्म पुग्ने हाम्रो विश्वास छ,’ उनले भने ।
त्यस्तै, एक सय ९ वटा देशका विभिन्न ठाउँमा डिलर रहेको पनि बताइएको छ । बजाजले निकट भविष्यमा इलेक्ट्रिक स्कुटर नेपाली बजार भित्र्याउने तयारी गरेको पनि गोल्छाले बताए ।
प्रकाशित समय : १८:५० बजे


















