गृहपृष्ठ सामसङको इलेक्ट्रोनिक्स किन्दा ४१ प्रतिशतसम्म क्यासब्याक
सामसङको इलेक्ट्रोनिक्स किन्दा ४१ प्रतिशतसम्म क्यासब्याक
सामसङले आउन लागेको नयाँ वर्ष २०८० को अवसरमा सामसङका विभिन्न इलेक्ट्रोनिक उत्पादनहरू टिभीदेखि होम अपलायन्सहरूमा नयाँ वर्ष अफर घोषणा गरेको छ ।
यो अफर सामसङको लेटेस्ट रेंजका टिभी, रेफ्रिजेरेटर र वाशिङ मेसिनका लागि लागु हुनेछ। नयाँ वर्षको यो अफरमा सामसङले आफ्ना कन्जुमर ड्युरेवल्स वस्तुहरूमा ४१ प्रतिशतसम्मको क्यासब्याक पाइनेछ ।
ग्राहकले कलर भोल्युम १०० प्रतिशत क्वान्टम डट टेक्नोलोजी सहितको सामसङ फ्ल्यागशिप क्युएलइदी टीभीहरूमा आकर्षक क्यासब्याक पाउनेछन् । साथै, क्रिस्टल फोर के अल्ट्रा एचडी टीभीको अमेजिङ रेन्ज र तिनीहरूका बिलियन ट्रु कलरहरूमा २५ प्रतिशतसम्मको छुटमा कन्जुमरले आफ्नो घर भित्राउन सक्नेछन् ।
त्यसैगरी, ग्राहकले सामसङको इनोभेटिभ साइडबाइ साइड रेफ्रिजरेटरहरू अपग्रेड गर्न सक्नेछन् । यसमा २५ प्रतिशतसम्म क्यासब्याक ग्यारेन्टी गरिएको कम्पनीले जानकारी दिएको छ । यो विश्वव्यापी रूपमा पहिलो पटक कुनै इलेक्ट्रोनिक ब्राण्डले आफ्नो उत्पादनमा २० वर्षको वारान्टी प्रदान गर्दै छ । सामसङले अब आफ्नो फ्रिजको डिआइटी कम्प्रेसर र वासिङ मेसिनको डिआईटी मोटरमा २० वर्षको वारेन्टी दिएको छ ।
कम्पनीको अनुसार यो अफर जेठ २ गतेसम्म लागू हुनेछ ।
प्रकाशित समय : १९:१५ बजे


















