गृहपृष्ठ रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने संख्या ५ पुग्यो
रामेछाप दुर्घटना अपडेट : मृत्यु हुने संख्या ५ पुग्यो
रामेछापको मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) भएको बलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछपका अनुसार थप मृत्यु हुनेमा मन्थली नगरपालिका-७ कौछिनी का ५० वर्षीय बलेरो चालक दलबहादुर आलेमगर रहेका छन् । मन्थली–७ की ८२ वर्षीया नन्दमाया भण्डारी, सोही वडाकी ५५ वर्षकी ज्ञानदानी तामाङ, ६८ वर्षका जेनसुन तामाङ र सुनापति गाउँपालिका–१ गुन्सीकी आठ वर्षीया लाक्पा घिसिङको घटनास्थलमै मृत्यु भएको हो ।
बाँकी रहेका ११ घाइतेमध्ये तीन गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । दैनिक रूपमा कौछिनीबाट मन्थलीसम्म चल्दै आएको उक्त बलेरो आज अपराह्न १६ यात्रु र समान लिएर रामेछापको मन्थली नगरपालिका-७ स्थित कौछिनीतर्फ जाँदै गर्दा ब्रेक फेल भई दुर्घटना भएको जनाइएको छ ।
प्रकाशित समय : २१:५९ बजे


















