गृहपृष्ठ चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, सेयरधनीलाई २५ प्रतिशतसम्म छुट

चन्द्रागिरि हिल्स लिमिटेडले नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरुलाई छुट अफर ल्याएको छ ।

कम्पनीले केबलकारको टिकट, साहसिक गतिविधि तथा सामाजिक समारोहहरुमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्मको छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको हो । योजनाअन्तर्गत चन्द्रागिरि हिल्स लिमिटेडका सेयरधनीहरुले जिपलाइन, स्काई साइक्लिङ, स्वीङ, वाल क्लाइम्बिङ, फ्री फल जम्प, स्काई वाक, तथा रिसोर्टमा आयोजना हुने सामाजिक समारोहरुको शुल्कमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

नयाँ योजनाअन्तर्गत छुट सुविधा लिनको लागि सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र वा डिम्याट खाताको विवरण टिकट काउण्टरमा प्रस्तुत गर्नुपर्नेछ । यो योजना एक वर्षकोे लागि लागू रहनेछ ।

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिममा रहेको चन्द्रागिरि पहाडमा निर्माण गरिएको केबलकारसहितको यो नयाँ गन्तब्य धार्मिक, साहसिक, मनोरञ्जन तथा छुट्टी मनाउन आउने आन्तरिक तथा बाह्य पर्यटकको लोकप्रिय गन्तब्यको रुपमा रहेको छ ।

यसका साथै प्रत्येक भ्रमणमा सेयरधनीहरुलाई सन्ध्याकालीन केवलकारको टिकट समेत प्रदान गरिनेछ । योजना सम्बन्धित विस्तृत सेवा तथा सर्तहरुको जानकारी तल दिइएको कम्पनीको नम्बर तथा ठेगानामार्फत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १७:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु