गृहपृष्ठ नेपालविरूद्ध भियतनाम विजयी
नेपालविरूद्ध भियतनाम विजयी
ओलम्पिक महिला फुटबलअन्तर्गत एसिया छनोटअन्तर्गत पहिलो चरणको पहिलो खेलमा नेपाल भियतनामसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नेपाललाई भियतनामले ५-१ गोल अन्तरले हराएको हो ।
भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक/एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काइन् ।
छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो ।
प्रकाशित समय : २०:२९ बजे


















