गृहपृष्ठ रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपालमा
रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी अब नेपालमा
शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । यस वर्ष रेड्मी नोट १२ सिरिज अन्तर्गत रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५ जी गरी दुईवटा फोनहरू समावेश छन् ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘भर्खरै लन्च भएको फ्ल्यागशिप–लेभल स्पेसिफिकेशन समावेश रेड्मी नोट १२ सिरिजमा अविश्वसनीय ब्याट्री ब्याकअप, अद्भुत क्यामेरा सेटअप र शक्तिशाली प्रदर्शन रहनुका साथै मूल्य पनि किफायती रहेको छ ।’
रेड्मी नोट १२ एक टीबीसम्म विस्तारयोग्य भण्डारण सहित तीन स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनको मूल्य क्रमशः २२ हजार ९९९, २४ हजार ९९९ र २६ हजार ९९९ रूपैयाँ रहेको छ ।
त्यस्तै रेड्मी नोट १२ प्रो ५जी दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ । यो फोनको मूल्य क्रमशः ३८ हजार ९९९ र ४१ हजार ९९९ रूपैयाँ रहेको छ ।

प्रकाशित समय : २०:४६ बजे


















