गृहपृष्ठ कोरोना संक्रमितकाे संख्या बढ्दै
कोरोना संक्रमितकाे संख्या बढ्दै
मुलुकमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ९८ जना पुगेको छ । बुधबार ९८ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
४२७ जनाको पीसीआर परीक्षण गर्दा ७१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ३४१ जनाको एन्टिनेज परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा कोरोना जितेर २८ जना डिस्चार्ज भएका छन् । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । संक्रमण पछिल्ला दिनहरूमा बढिरहेको छ । तर, मृत्यु भने शून्य छ ।
काठमाडौं उपत्यकामा मात्र १९ जना संक्रिमत रहेका छन् । यस्तै ४ जनाको आइसीयूमा राखेर उपचार भइरहेको छ भने एक जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित समय : १९:३१ बजे

















