गृहपृष्ठ नेप्से परिसूचक सात अङ्कले बढ्यो

नेप्से परिसूचक सात अङ्कले बढ्यो

नेप्से परिसूचक सात अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सात अङ्कभन्दा बढीले बढेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्से परिसूचक ७ दशमलव १७ अङ्कले बढेर २ हजार ६२९ दशमलव ४० विन्दुमा पुगेको हो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलव ८८ अङ्कले बढेर ४६२ दशमलव ८९ विन्दुमा पुगेको छ। त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ४२ अङ्कले बढेर १८० दशमलव ३८ तथा सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ५५ अङ्कले बढेर १५६ दशमलव ३१ विन्दुमा पुगेको छ।

आज विभिन्न कम्पनीका ९५ लाख ७६६ कित्ता सेयर ४ अर्ब ४० करोड १४ लाख ९ हजार ८५८ रुपैयाँमा खरिद–बिक्री भएका छन्।

कारोबार भएका १३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढेको छ भने सात उपसमूहको सूचक घटेको छ।

आज १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीकै सेयर मूल्य घटेको छ। १३ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

आज सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रिज, माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनी र एनआईसी एसिया सेलेक्ट फन्डका लगानीकर्ताले कमाएका छन्। कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फन्ड र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित समय : १५:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु