काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

फोनपे र सुलभपेबीच भुक्तानी सहकार्य

7.41K
shares

फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे वालेटबीच सहकार्य सुरु भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।

सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरेका हुन् । योसँगै सुलभपे प्रालिको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवा सुरु गर्ने पहिलो वालेट बनेको छ ।

एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीय स्तरको सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ । सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यस प्रकारको सम्झौताले डिजिटल भुक्तानीमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा एनक्यास सुलभपेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले फोनपे क्यूआर सुरु गर्न पाउँदा उत्साहित भएको बताए ।