गृहपृष्ठ राष्ट्रिय वाणिज्य बैंकले मनायाे ग्लोबल मनी विक, १० हजार बढीलाई वित्तीय ज्ञान

राष्ट्रिय वाणिज्य बैंकले मनायाे ग्लोबल मनी विक, १० हजार बढीलाई वित्तीय ज्ञान

राष्ट्रिय वाणिज्य बैंकले मनायाे ग्लोबल मनी विक, १० हजार बढीलाई वित्तीय ज्ञान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ । देशभर विभिन्न १३४ शाखा कार्यालयमार्फत १० हजारभन्दा बढी युवा विद्यार्थी, कर्मचारी, मजदुर, कृषकहरुमाझ वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएकाे छ ।

बैंकले भनेको छ, ‘अन्तर्राष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विक बैंकले चैत ६ देखि १२ गतेसम्म साताव्यापी प्लान योर मनी, प्लान्ट योर फ्यूचरको नारासहित सम्पन्न गरेको छ ।’ बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको हो ।

अभियानअन्तर्गत बैंकले डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरबीबी स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पासवर्ड सुरक्षा, ओटीपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोगसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन भएको थियो । बैंकका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया सञ्चालन भएको छ ।

यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरेको छ । यसै सन्दर्भमा बैंकले सञ्चालन गरेको ग्लोबल मनी विक कार्यक्रमको समीक्षासमेत गरेको छ । बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोरकिशोरी तथा युवायुवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।

प्रकाशित समय : १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु