गृहपृष्ठ टीसीएल नगदवृष्टि याेजना : टीभी र अन्य उपकरण खरिदमा ६१ हजारसम्म छुट
टीसीएल नगदवृष्टि याेजना : टीभी र अन्य उपकरण खरिदमा ६१ हजारसम्म छुट

विश्वको एक नम्बर एन्ड्रोइड टीभी ब्रान्डका रूपमा रहेको टीसीएलले नयाँ वर्षलाई लक्षित गर्दै ‘टीसीएल नगदवृष्टि’ योजना सार्वजनिक गरेको छ ।
योजनाअन्तर्गत टीसीएलका होम इन्टरनेन्मेन्ट र होम एप्लायन्सका उत्पादनहरू खरिद गर्दा आकर्षक नगद छुट र उपहारहरू प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । चैत १४ गतेदेखि सुरु भएको यो योजना देशभर नै सीमित अवधिका लागि उपलब्ध हुने टीसीएलले जनाएको छ ।
उपभोक्ताले टीसीएलका कुनै पनि सामान खरिदमा ६१ हजार ३ सय रुपैयाँसम्मको छुट पाउनेछन् । यस्तै, वासिङ मेसिन खरिदमा नगद छुटका साथै ६ किलोग्रामको एरिएल म्याटिक वासिङ पाउडर पनि उपहार पाउन सकिनेछ । यस्तै, एयर कन्डिसनरको खरिदमा नगद छुटका साथै चार हजार बराबरको निशुल्क एसी जडान सुविधा पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।
यसबाहेक फ्री डेलिभरी, फ्री इन्स्टलेसन र डेमोसँगै शून्य प्रतिशतमा फाइनान्स सुविधासमेत उपलब्ध छ । नेपालका लागि टीसीएलको आधिकारीक बिक्रेता चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी एओएल रहेको छ ।
प्रकाशित समय : ११:५२ बजे