नेपाल एसबीआई बैंकले दियाे १०० विद्यार्थीलाई बैंकिङ साक्षरता
वि.सं.२०७९ चैत १३ सोमवार १२:०९
shares

नेपाल एसबीआई बैंकको ललितपुरस्थित जावलाखेल, पाटन शाखाले विद्यार्थीहरूलाई बैंकिङ साक्षरता प्रदान गरेको छ ।
बैंकले ‘ग्लोबल मनी विक’ कार्यक्रमअन्तर्गत ललितपुरको डीएभी कलेजका विद्यार्थीहरूलाई बैंकिङ साक्षरता प्रदान गरेको हो । बैंकले डीएभी कलेजका बीबीए तथा बीबीएममा अध्यनरत १०० जनाभन्दा बढी विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको हो ।
सो अवसरमा बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमुख बिनोदकुमार ढुंगेल, पाटन शाखा प्रमुख तेजबहादुर थापा तथा वरिष्ठ अधिकृत सुरुची शाहीसँग वित्तीय साक्षरतासम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले वित्तीय विषयसम्बन्धी विविध जिज्ञासा राखेका थिए ।

























