राष्ट्रिय मर्यादासम्बन्धी विधेयक : कसकाे स्थान कहाँ ?
वि.सं.२०७९ चैत १३ सोमवार १२:२९
shares

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सर्वसम्मतिले स्वीकृत भएको हो ।
डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ सभासमक्ष पेश गरेका थिए । विधेयकमाथि सांसदहरुले आफ्ना आफ्ना धारणा राखेका थिए । विधेयकमा छलफल सकिएपछि राष्ट्रियसभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसदबाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे ।
विधेयकको दफा ३ अनुसार उपदफा १ बमोजिम तयार भएको अनुसूची १ मा मर्यादाक्रम तोकिएको छ । विधेयकअनुसार यसअघिका मर्यादाक्रममा फेरबदल गरिएकाे छ ।
मर्यादाक्रममा पहिलो स्थानमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति तथा तेस्रोमा प्रधानमन्त्री रहेका छन् । यस्तै चौथोमा सभामुख तथा राष्ट्रिय सभा अध्यक्ष, पाँचौंमा प्रधानन्यायाधीश रहेका छन् भने छैटौँमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्ष र पूर्वप्रधानन्यायाधीश रहेका छन् ।
२०७६ साल वैशाख १६ गते नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तिहरुको मर्यादाक्रमको चौथो नम्बरमा प्रधानन्यायाधीश छन् । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीपछिको मर्यादामा प्रधानन्यायाधीशलाई राखिएको छ । पाँचौं नम्बरमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन्
उपप्रधानमन्त्री, प्रधानसेनापति, काठमाडौं महानगरका मेयर लगायतको मर्यादाक्रम पनि अहिले कायम व्यवस्थाभन्दा पछि प्रस्ताव गरिएको छ ।
विधेयक :
२०७६ साल वैशाख १६ काे नेपाल राजपत्र

























