nmb bank

गृहपृष्ठ धनुषामा वडाध्यक्ष र सचिव ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

धनुषामा वडाध्यक्ष र सचिव ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

धनुषामा वडाध्यक्ष र सचिव ५० हजार घुससहित अख्तियारको नियन्त्रणमा

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-११ का वडाअध्यक्ष अर्जुनकुमार चौधरी र सचिव माधवकुमार रायलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग लिएको ५० हजार घुससहित बुधबार अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधाम उपमहानगरपालिका–६, रामजानकी हस्पिटल नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्ने बहानामा घूस लिएको उनीहरुमाथि आरोप छ । उनीहरुमाथि अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित समय : ०७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु