काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत

7.1K
shares

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी एक अर्ब १२ करोड रुपैयाँमध्ये ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता सार्वजनिक निष्कासनका लागि छुट्याएको थियो । सार्वजनिक निष्कासनका लागि छुट्याइएकोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरीरहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

पाँच प्रतिशत अर्थात् दुई लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र तीन प्रतिशत अर्थात् एक लाख ३१ हजार ४० कित्ता सेयर कम्पनीका कर्मचारीहररूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ३५ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको सेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ चैत १२ गतेसम्म निष्कासनमा रहने छ । ढिलोमा चैत २२ गते आवेदन खुला हुने बताइएको छ ।

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आइआर त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरिरहेको ९.६ मेगावाटको सुपरमाई ए जलविद्युत आयोजनाको कुल लागत ईक अर्ब ९० करोड ४९ लाख ५७ हजार ५३७ रुपैयाँ रहेको छ। त्यसैगरी, आयोजनाको प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार ७७ रुपैयाँ रहेको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहररू र तिनका तोकिएका शाखा कार्यालयहररूबाट आवेदन दिन सक्नेछन् ।

गत असोज मसान्तसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी ८ रूपैयाँ २४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ १३ पैसा छ ।