गृहपृष्ठ विवाह वर्षगाँठमा जीवन बिमा पोलिसी उपहार
विवाह वर्षगाँठमा जीवन बिमा पोलिसी उपहार
विराटनगरका यशोदा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२औं वैवाहिक वर्षगाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बिमा पोलिसी उपहार दिइएको छ ।
वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यशोदा पोखरेल भट्टराईलाई ३० लाख रुपैयाँको बिमांक रकमको सो जीवन बिमा योजना प्रदान गरेका हुन् । जीवन बिमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिति थियो ।
श्रीमती यशोदा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छन् ।
प्रकाशित समय : २०:०९ बजे


















