global ime bank Long Banner Ad

गृहपृष्ठ एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइडको नयाँ मोटरसाइकल ब्याट्री नेपाली बजारमा

एक्साइड ब्राण्डको एक्सप्लोर नामक नयाँ ब्याट्री नेपाली बजारमा सार्वजनिक गरिएको छ । सबै प्रकारका मोटरसाइकलाई लक्षित गर्दै सिप्रदी ट्रेडिङले यसको बिक्री वितरण आरम्भ गरेको हो ।

कम्पनीका अनुसार ‘स्पिल प्र्रुफ’ डिजाइन गार्ड, ग्यास रिकम्बिनेसन प्रणाली, एवं लिड क्याल्सियम प्रविधिजस्ता विशेषता यस ब्याट्रीमा छ । ब्याट्रीमा पानी कहिल्यै थप्नु नपर्ने र फ्याक्ट्रीबाट नै चार्ज भएर आउने कम्पनीले जनाएको छ ।

‘एक्सप्लोरको डब्बामा पोली प्रोपिलिन प्लास्टिक र सिन्थेटिक रेजिनको प्रयोग गरिएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘४८ महिना लामो वारेन्टी भएको यस ब्याट्रीले प्रयोगकर्तालाई मर्मत सम्भारको झन्झट टाढा राख्दछ ।’

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु