गृहपृष्ठ प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा रिट दर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । दरपीठ आदेश बदर भएसँगै मंगलबार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ ।
प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्रराज आरण समेतले रिट दायर गरेका हुन् ।
यसअघि उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।
दर्ता भएकाे रिट :
प्रकाशित समय : १२:४३ बजे



















