गृहपृष्ठ मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट
मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट
मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ देखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्काशन गरेको थियो ।
सो आइपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ जना आवेदन रद्द भएको छ ।
गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गर्दा दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।
प्रकाशित समय : १४:१६ बजे




















