काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

मोलुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट

7.46K
shares

मोलुङ हाइड्रोपावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । कम्पनीले फागुन ४ देखि १० गतेसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता सेयर निष्काशन गरेको थियो ।

सो आइपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको छ भने ७ हजार ५ जना आवेदन रद्द भएको छ ।

गोलाप्रथा प्रणालीबाट सेयर बाँडफाँट गर्दा दुई लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । सोमध्ये ५ जनाले भने थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।