काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेशनल लाइफ इन्स्योरेन्सको बिमाशुल्क क्यूआरबाटै भुक्तानी गर्न मिल्ने

6.26K
shares

निजी क्षेत्रको पहिलो जीवन बिमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका सबै शाखामार्फत क्यूआरबाटै बिमाशुल्क भुक्तानी गर्न मिल्ने व्यवस्था गरेकाे छ ।

फोन पे नेटवर्कमा आवद्ध वित्तीय संस्था ईसेवाका माध्यमबाट डायनामिक क्यूआर स्क्यान गरी आफ्नो बिमाशुल्क बुझाउन सकिने कम्पनीले व्यवस्था मिलाएकाे हाे । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा एक समारोहबीबच सो सेवा औपचारिक सुरू गरिएको छ ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने अपेक्षा कम्पनीको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ३६ वर्षदेखि जीवन बिमा व्यवसायमा छुट्टै पहिचान बनाउन सफल कम्पनी हो ।