काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

गायिका रिमालको स्वरमा “जय माँ पाथीभरा”

5.16K
shares

पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ ।

पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको हो ।

दिनेश कोइरालाको अभिनय रहेको उक्त भजनमा कलर तथा सम्पादन रचनाकार दाहालकै रहेको छ । उक्त भजनलाई अहिले धर्मप्रेमी स्रोता तथा दर्शकले पनि रूचाएर राम्रो प्रतिक्रिया दिएको रचनाकार दाहालले बताए ।

यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा रेकर्ड गरी सार्वजनिक गरिएको भजनका सङ्गतीकार क्षेत्रीले जानकारी दिए ।