काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

सेयर बजारमा सामान्य गिरावट

7.29K
shares

सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्य गिरावट भएको छ । सोमबार बजार परिसूचक नेप्से ३ दशमलव ६५ अंकले गिरावट भएर २०२३ दशमलव ५४ अंकमा बन्द भएको छ । सोमबार होटल तथा पर्यटन, निर्जीवन बीमा, अन्य र व्यापार उपसूचकमा वृद्धि हुँदा अरु सबै उपसूचक घटेका छन् भने कारोबार रकम पनि घटेको छ ।

होटल तथा पर्यटन उपसूचक १ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक १ दशमलव ६५ प्रतिशतले गिरावट भएको छ । यस्तै लघुवित्त उपसूचक ० दशमलव ९८ प्रतिशतले घटेको छ । सोमबार नेप्सेमा ३७ हजार ३३८ वटा कारोबारमा ५१ लाख २० हजार ८८८ कित्ता धितोपत्र किनबेच हुँदा १ अर्ब ८९ करोड ३७ लाखको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ६८ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ५ करोड ८ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड ७९ लाखको कारोबार भएको छ । सोमबार नेप्सेमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १३५ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ भने ७१ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै ११ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।