गृहपृष्ठ महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने
महिला फुटबलको ओलम्पिक छनोट नेपालमा हुने
‘पेरिस ओलम्पिक २०२४’ लागि महिला फुटबलको एसिया छनोटको खेलहरू नेपालमा आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिकको छनोट अन्तर्गत समूह ‘सी’को छनोट नेपालमा हुने जनाएको छ । समूह ‘सी’मा नेपालसँगै भियतनाम र अफगानिस्तान रहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो चरणको छनोट खेलहरु आगामी अप्रिल ३ देखि ११ सम्म हुनेछ । पहिलो चरणमा सहभागी २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले दोस्रो चरणको यात्रा तय गर्ने छन् ।
प्रकाशित समय : १३:१० बजे



















